गोरखा–१३ वडाध्यक्षमा कांग्रेसकी मित्रा विजयी



गोरखा – गोरखाको गोरखा नगरपालिका वडानं. १३ मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ ।

सम्पन्न मतगणनाअनुसार वडा नं. १३ को वडाध्यक्षमा नेपाली कांग्रेसकी मित्र कुमारी परियार विजयी भएकी हुन् । उनीसँगै वडा नं. १३ मा सम्पूर्ण सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडामा नेपाली कांग्रेसका कृष्णप्रसाद काराखेती, शिववबहादुर थापा, गीता कार्की र कालीमाया विक विजयी भएका छन् ।