स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताको माग
काठमाडौँ । राज्यका रहेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आयोजना गरेको ‘अपाङ्गता सम्वन्धी तथ्याङ्क प्रोटोकलको अध्यया प्रतिवेदनको तथ्य सार्वजनिकरण’ कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरुले स्थानीय तह, प्रदेश र सङ्घलगायत नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरेका हुन ।
अधिकर्मीहरुले राजनीतिक दल र दलका नेताहरुले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको लागि अपाङ्गता भएका व्यक्तिलाई टिकट नदिएको भन्दै गुनासोसमेत गरेका छन् । महासङ्घका महासचिव राजु बस्नेतले २०७४ सालको स्थानीय तहको निर्वाचनमा देशैभरीबाट २७ जना अपाङ्गता भएका व्यक्ति उम्मेदवार भएपनि यस पटक पार्टीहरुले वेवास्ता गरेको भन्दै गुनासो गरे । २७ जना उम्मेदवारमध्ये २१ जना निर्वाचित भएको महासङ्घको भनाइ छ । तर निर्वाचन आयोगले निर्वाचनअधिकारकर्मी डा. विरेन्द्र राज पोखरेलले अपाङ्गता भएका व्यक्तिबारे संवैधानिक अधिकार कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क स्थापित हुनुपर्ने बताए ।
नेपालको सङ्घीय, प्रादेशिक र स्थानीय तहमा रहेको तथ्याङ्कीय जीजन चक्रमा राष्ट्र निर्माण प्रक्रिया र विकास योजनाको एक हिस्साका रुपमा अपाङ्गता भएका व्यक्तिहरुको अभिलेख स्थापना गर्ने आवश्यकतालाई अवमूल्यन गरिएको उनको भनाइ छ ।
अपाङ्गता अधिकारकर्मीहरुले अपाङ्ता भएका व्यक्तिको लागि काम गर्न प्रदेश सरकार र स्थानीय तहको क्षमता विकास गर्नुपर्छ र कानुनमा भएका व्यवस्थाहरूलाइ हरेक मन्त्रालयले आफ्ना बार्षिक कार्यक्रम र नीतिहरूमा बजेट सहित समेट्नुपर्ने र हरेक पालिकामा अपाङ्गता भएका व्यक्ति सहि तथ्याङ्क राख्ने व्यवस्था र प्रणालीमा एकरूपता ल्याउनुपर्नमा समेत माग गर्दै आएका छन् ।
युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार अनुसार ५ देखी १२ वर्ष उमेरका कुल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिकाहरू अझै विद्यालय भन्दा बाहिर छन् । सरकारी प्रतिवेदन अनुसार सरकारले संचालन गरेका ३५,९९३ बाल विकास केन्द्रहरूमा ९,७३,९०० बालबालिका सिकिरहेका छन तर यिनमा अपाङ्गता भएका बालबालिकाको संख्या भने ३,२७० मात्र छ । स्वास्थ्यको अवस्थालाइ हेर्दा अपाङ्गता भएका व्यक्तिहरूमध्ये ८१.४ प्रतिशतको स्वास्थ्य अवस्था अपाङ्गता नभएका व्यक्तिहरूको तुलनामा निकै जोखिमपूर्ण छ र उनीहरूमध्ये झण्डै ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्य सम्बन्धी समस्याको शिकार हुन्छन् ।