उपत्यकाबाहिर पहिलो थ्रीडी आर्ट म्युजियम हेटाैंडामा सञ्चालन



हेटौंडा । उपत्यका बाहिर नेपालकै सबैभन्दा पहिलो थ्रिडी आर्ट म्युजियम खुलेको छ । वनडे थ्रिडी आर्ट वर्ल्ड प्रालिले उपत्यकाबाहिर हेटौडामा पहिलो शाखा आजदेखि सञ्चालनमा ल्याएको हो ।

नेपालको आन्तरीक एबम् बाह्र पर्यटन प्रबद्धनको उद्देश्य राखेर पुर्ण पारिबारिक मनोरन्जनको थलोका रुपमा स्थापना गरिएको वान डे थ्रि डि आर्ट म्युजियमको पहिलो शाखा हेटौडामा आजबाट औपचारिक रुपमा शुरु गरिएको म्युजियमका संस्थापक अध्यक्ष सुन्दर विष्टले बताए ।

उक्त म्युजियमको हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबोल महत र मानब सेबा आश्रम हेटौडामा रहेका वृद्धवृद्धाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त अवसरमा उपमहानगरप्रमुख महतले यस किसिमको म्युजियमले हेटौंडाको पहिचानमा अर्को नमुना थपिएको बताएका छन् ।

May be an image of 6 people and people standingमहतले कम्पनीले उपत्यकाबाहिर पहिलोपल्ट यस्तो नमूनायोग्य कामका लागि हेटौंडालाई छानेकोमा कम्पनीप्रति आभारसमेत व्यक्त गरे । उनले अगाडि भने, ‘बागमती प्रदेशको राजधानी जस्तो शहर हेटौंडाको पहिचानका लागि अर्को गहना थपिएको छ, जसबाट हेटौंडाबासी उपत्यकाबाहिरका लागि प्रमुख गन्तव्य बन्ने विश्वास लिएको छु ।’ उनले कम्पनीको यस प्रकारको सिर्जनात्मक कामका लागि धन्यवाद दिँदै आगामी दिनमा उपमहानगरले आवश्यकताअनुसार सहयोग गर्ने पनि बताए ।

उक्त अवसरमा उपमहानगरप्रमुख महतले म्युजियम घुमेका थिए । त्यसपछि उनले म्युजियम हेटौंडाबासीका लागि उत्कृष्ट गन्तव्य बन्ने पनि दाबी गरे । उनले भने, ‘साह्रै राम्रो रहेछ, मैले यसै कार्यक्रममार्फत् सम्पूर्ण हेटौंडाबासीलाई यस म्युजियम घुम्नका लागि आग्रह गर्दछु ।’ सम्पूर्ण उमेर समूहका लागि लक्षित यस म्युजियम सिर्जनात्मक, मनोरञ्जनात्मकका साथै उत्कृष्ट गन्तव्य रहेको भन्दै महतले म्युजियमको सफलताको समेत कामना गरे ।

उक्त म्युजियम नेपालकै ठूलो वन डे थ्रीडी आर्ट म्युजियमको मुख्य कार्यालय राजधानीको इमाडोलमा रहेको छ । ललितपुरको इमाडोलमा करिब २ वर्षअघि खुलेको नेपालकै ठूलो र धेरै थ्रीडी आर्टहरु भएको म्युजियमको पहिलो शाखाको रुपमा हेटौंडामा सञ्चालनमा आएको हो ।

म्युजियममार्फत् उपत्यकाबासीलाई थ्रीडी आर्टबारे मनोरञ्जन र जानकारी दिइरहेको वन डे थ्र्रीडी आर्ट म्युजियमले उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने अभियानमा बागमती प्रदेशको राजधानी हेटौंडालाई चयन गरिएको कम्पनीका सञ्चालक एबम् आर्ट संयोजक ओम बहादुर बिश्वकर्माले  बताए ।

संस्थाका संस्थापक संचालक सदस्य नरेश बुढाथोकी, मोहन खड्का , शेखर आचार्य लगायतको भौतिक उपस्थिीती तथा अन्य सदस्यहरु कृष्ण सुबेदी, राजेश अर्याल र अनिल सुबेदी लगायतको भर्चुअल उपस्थिीतीमा सम्पन्न उद्घाटन समारोहमा करिब १०० जनाको सहभागिता रहेको थियो । हेटौंडाको रुद्रपथमा सञ्चालन भएको उक्त म्युजियम बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडाको अर्को गहनाको रुपमा चिनिने अपेक्षा आफूहरुले राखेको उनी बताउँछन् । हेटौंडाको सेवा विस्तारसँगै कम्पनीले देशका अन्य मुख्य मुख्य सहरहरुमा पनि सेवा विस्तार गर्ने योजना बनाएको संस्थाका संस्थापक अध्यक्ष विष्ले बताए ।

कम्पनीले नेपालमा थ्रीडी आर्ट कलालाई पहिचान दिलाउनका लागि राजधानीको कुमारीपाटीमा नेपालकै पहिलो वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ ।