

सौरभ गांगुलीलाई कोरोना पुष्टी

नयाँदिल्ली । भारतीय क्रिकेटका पूर्व कप्तान एवं भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
भारतको समाचार एजेन्सी आजतकले गांगुलीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
उनलाई वुडल्याण्ड्स अस्पतालमा भर्ना गरिएको पनि बीसीसीआई स्रोतलाई उद्धृत गर्दै आजतकले जनाएको छ । ४९ वर्षीय गांगुलीलाई सन् २०२१ को सुरूमा हर्ट अट्याक भएको थियो ।