राष्ट्र बैंकले चाल्यो अर्थतन्त्र सुधारका लागि यस्तो कदम 



काठमाडौं । अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।

बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिए । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गरे ।

अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम

तरलता समस्याका लागि

  • चालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत रू. २५०० अर्ब, ओभरनाइट रिपो मार्फत रु.६९ अर्ब, रिपो मार्फत रू. २२० अर्बर सोझै खरिद मार्फत रू. २७ अर्ब प्रवाह भएको ।
  • कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको ।
  • पुनर्कर्जा सुविधा उपलब्ध गराइएको (चालु आ.व. को हालसम्म रू. ९२ अर्बस्वीकृत)
  • नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको ।
  • व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने ।

शोधनान्तर घाटाको सम्बन्धमा

  • चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको ।
  • केही वस्तुहरूको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था ।
  • वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान ।
  • गैर आवसिय नेपाली तथा यिनीहरूको संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्धती खाता खाल्न सक्ने व्यवस्था
  • वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौति
  • अवैध ढंगले आयात भैरहेको सुनलाई नियन्त्रण गरिएको ।
  • विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको ।
  • ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाइएको ।
  • अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको।