

टी–२० विश्वकपः भारतविरुद्ध पाकिस्तानको शानदार जीत, १५१ को लक्ष्य बिना कुनै विकेट पूरा

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध पाकिस्तानले शानदार जीत हात पारेको छ । दुबईमा आइतबार भएको समूह–२ को पहिलो खेलमा भारतलाईपाकिस्तानले ऐतिहासिक १० विकेटको जित निकालेको हो ।
१५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र कप्तान बबर अजामले १५२ रनको कीर्तिमानी साझेदारी गरे ।
५५ बल खेलेका रिजवानले सर्वाधिक ७९ रन बनाए । यस्तै ५२ बल खेलका कप्तान अजामले ६८ रनको योगदान गरे । पाकिस्तानविरुद्ध बलिङ गरेका भारतका कुनै पनि बलर सफल हुन सकेनन् ।
टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । यस्तै विकेट किपर रिसब पन्तले ३९ रनको योगदान गरेका थिए । भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भएका थिए ।
टस जितेर फिल्डिङ गरेको पाकिस्तानका लागि शहीद शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अफ्रिदीले ३१ रन बनाएका थिए । यस्तै हसन अलीले दुई विकेट हात पारे ।
जितसँगै सुखद् सुरुआत गरेको पाकिस्तानले २ अंक हासिल गरेको छ । पाकिस्तानले विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतलाई हराएको यो पहिलो पटक हो ।