

उपत्यकामा भदाै १० सम्म निषेधाज्ञा

काठमाडाैं । काठमाडाैं उपत्यकामा भाेलि मध्यरात एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे ।
जारी गरिएकाे निषेधाज्ञा भदौ ३ गते बुधबार राति १२ बजेदेखि लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नजिकिँदै गरेका चार्डपर्वमा हुने आवतजावतले झनै काेराेनाकाे संक्रमण बढाउन सक्ने भएकाले निषेधाज्ञाकाे निर्णयमा प्रशासन पुगेकाे हाे ।