मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन यसरी हेर्नुहोस्



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भर्खरै बाँडफाँड भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार अहिले बिहान शेयर बाँडफाँड भएको हो ।

लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका मध्ये जम्मा ३६ हजार ८५९ जनाले शेयर पाएका छन् । ती मध्ये ३ जनाले ११ कित्ता शेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण गरिएको छ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लगानी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

शेयर बाँडफाँडको नतिजा हेर्नका लागि विक्री प्रबन्धकको वेबसाइट र केही बेरमा https://iporesult.cdsc.com.np/ मा क्लिक गरेर पनि हेर्न सकिने जनाइएको छ ।