

देशभर थप ४ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २४ हजार ४३२ पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २ सय १ रहेको जनाइएको छ ।
मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
पछिल्लो २४ घन्टामा नेपालमा ६४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । यी समेत गर्दा हालसम्म नेपालमा १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् ।