

एन्फामा नेम्वाङ र प्रशिक्षक अल्मुताइरी विवादबारे चार जनासँग बयान लिइने

काठमाडाैं – फुटबल विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले आजदेखि बयान लिन थाल्ने भएको छ ।समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार जनासँग बयान लिने तयारी गरेको हो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उजुरीमा आधारित रहेर समितिले बयान लिनेछ । वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि एन्फामा विवाद छ।
युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । मन्त्रालयले राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।