प्रधानसेनापति थापाले सुम्पे शर्मालाई नेपाली सेनाको नेतृत्व



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरेका छन् । जंगीअड्डामा आज थापाले शर्मालाई औपचारिक बुझबुझारथ गरेका हुन् ।

भदौ २४ गतेबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउँदै छन् । अवकाश पाउनुभन्दा एक महिनाअघि आजबाट थापा घर बिदामा बस्दै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिदेखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् ।