आत्महत्याले आक्रान्त बलिउड, टीभी अभिनेता समीरले गरे आत्महत्या

मुम्बई । बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको समाचार सेलाउन नपाउँदै भारतमा अर्का टीभी अभिनेताले आत्महत्या गरेका छन् । भारतीय टेलिभिजन उद्योगमा चर्चित एवं स्थापित अभिनेता समीर शर्माले बुधबार आत्महत्या गरेको जनाइएको छ ।

ये रिस्ता हे प्यार के’, ‘कहानी घर घर की’, ‘ज्योति’, ‘लेफ्ट राइट लेफ्ट’लगायतका सिरियलमा अभिनय गरेका समीर मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। ४४ वर्षीय समीर बुधबार राति मलाड पश्चिममा रहेको नहा सीएचएस बिल्डिङमा झुन्डिएको अवस्थामा फेला परेका थिए। मुम्बई पुलिसका अनुसार समीरले गत फेबु्रअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए।

उनको शव हेर्दा दुई दिनअघि नै आत्महत्या भएको आशंका गरिएको छ। आत्महत्या गर्नुअघि उनले कुनै पनि सुसाइड नोट छाडेका छैनन्। समीरले ‘दिल क्या चाहता हे’ सिरियलबाट डेब्यु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *