

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी

काठमाडाैं – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।
कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपछिकाे कम्पनीको नियमअनुरुप यस दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी/श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।
दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडिया, सञ्चालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।
कम्पनीले अहिलेसम्म आठ करोड २३ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।