

आजदेखि उपत्यकामा ३२ खोप केन्द्रबाट ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाडौं – काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि ५० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइने छ ।
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
खोप लगाउन आवश्यक पर्ने नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ ।
यी हुन् खोप केन्द्र

