

१७५१८ को परिक्षण गर्दा थप ३८९९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८ सय ९९ जनालाई संक्रमण पुष्टि भएको छ भने १७ सय ७८ जना निको भएका छन् । सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर र ४ हजार ८६३ एन्टीजेन गरि १७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको छ । हिजो १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण हुँदा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको थियो ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७७४ जना छन् । काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनालाई पोजेटिभ देखियो ।
अहिले सक्रिय संक्रमित २८ हजार ८३६ जना छन् जसमध्ये अहिले ६११ जना आइसियु र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।
हालसम्म नेपालमा ७ लाख ४२ हजार ८१७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् भने ९७ सय ५८ जनाको मृत्यु भएको छ ।