पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै अब कर्मचारीले १० दिनको भ्रमण छुट्टी पाउने

अब कर्मचारीले १० दिनको भ्रमण छुट्टी पाउने

काठमाडौं – आगामी भदौदेखि सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८/७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।

यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।

उक्त कार्यक्रम आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने सरकारी नीति भएपनि आवश्यक नीति तथा कार्यविधि तयार नहुँदा कार्यान्वयनमा केही ढिलाइ हुन गएको तर, भदौदेखि अनिवार्य कार्यान्वयनमा जान लागिएको पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन शाखाले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *