

नेपालमा थप २९७७ जनामा कोरोना संक्रमण, १६७८ कोरोनामुक्त, १८ को मृत्यु

काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७१९ सहित देशभर २९ सय ७७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ हजार ३०८ जनाको परीक्षण भएको जनाएको छ ।
यस्तै सोही अवधिमा १६ सय ७८ जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१० ,भक्तपुरमा ६९ र ललितपुरमा १३४ गरी उपत्यकामा ६१३ जनालाई पोजेटिभ देखिएको छ ।
अहिलेसम्म नेपालमा ७ लाख ३० हजार १४६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ७९ जनाको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमित २७ हजार ६६१ जना रहेका छन् ।