प्रशासनले दियो दोस्रो लहरसँगै बन्द भएको लामोदूरी यातायात सञ्चालनको अनुमति (सूचनासहित)

काठमाडौं । नेपालमा दोसो लहरको कोरोनाको वृद्धिसँगै विगत करिब ३ महिनादेखि बन्द भएको लामो दुरीको सवारीसाधन सञ्चालन हुने भएको छ । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणापछि बन्द भएको लामो दूरीको सवारीसाधन सञ्चालनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो। साथै प्रशासनले यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

‘मन्त्रिपरिषद्को निर्णय अनुहार गृह मन्त्रालयबाट हामीलाई परिपत्र भएको थियो। त्यही अनुसार हामीले आज सूचना जारी गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।

‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *