

१२८२९ परिक्षणमा थप २७१४ संक्रमित थपिए, १२८८ जना कोरोनमुक्त हुँदा २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७१४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरमा १२ हजार ८२९ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार २८८ जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ३७ हजार ६ सय ९० जना कोरोनामुक्त भएका छन् भने हालसम्म ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।