

देशभर थप २४४५ मा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २४४५ जनामा कोरोना पुष्टी भएको छ । देशभर गरिएको ११ हजार ६ सय ६४ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५८ जना कोरोनामुक्त भएका छन् भने ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा हालसम्म ६ लाख ३३ हजार ३ सय ३२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म ९ हजार ५८२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।