युनियन लाइफको आईपीओको बाँडफाँड आजै, तपाईंलाई पर्यो कि परेर यसरी हेर्नुहोस् !
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) केही बेरमा बाँडफाँड हुने भएको छ ।
कम्पनीको आईपीओ प्रिअलटमेन्ट सकेर नेपाल धितोपत्र बोर्ड पठाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलले बोर्डबाट स्वीकृति पछि आजै ५ बजेभित्र बाँडफाँड गर्ने तयारी गरेको छ ।
कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेकोमा ६९ हजार ९७६ आवेदन रद्ध भएका छन् भने २१ लाख १२ हजार ७९९ आवेदक शेयर बाँडफाँडमा सहभागी हुने भएका छन् ।
युनियनको शेयर न्युनतम १० कित्ताको दरले कम्पनीको बाँडफाँड गर्दा योग्य आवेदक मध्ये ५ लाख ८० हजार ५०० जना आवेदकले शेयर पाउनेभएका छन् । बाँकि १५ लाख ३२ हजार २९९ जना भने खाली हात हुने देखिएको छ ।
क्यापिटलले आईपीओ बाँडफाँड गरेपछि आज साँझबाट रिजल्ट https://iporesult.cdsc.com.np/ मा क्लिक गरेर हेर्न सकिने जनाएको छ ।