

पछिल्लो २४ घन्टामा २६३४ संक्रमित थपिँदा १५६५ कोरोनामुक्त, १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घन्टामा थप २६३४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १२५८५ जनाको परिक्षणमा उक्त संख्यामा संक्रमित देखिएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनामुक्त हुनेको संख्या १ हजार ५६५ रहेको छ । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको छ ।