असार ७ पछि लकडाउन खुकुलो बनाइने, यी देशमा हुँदैछ हवाई उडान सुचारू

काठमाडौं – सीसीएमसी निर्देशक समितिको बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यकवस्तु उत्पादन र आपूर्तिसहित‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांक नगर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। कूल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *