

मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित

काठमाडाैं – युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ ।
गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २–२ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् ।
यस्तै, मोरोक्कोले घानालाई १–० गोल अन्तरले हराएको छ भने गिनीले कोसोभोलाई २–१ गोल अन्तरले पराजित गरेको छ।