

भारतको केमिकल कारखानामा आगलागी, १८ जनाको मृत्यु

नयाँदिल्ली – भारतको महाराष्ट्र राज्यको पुणे शहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।
हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी शुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।
हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन । एजेन्सी