

नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौं – नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०:१५ बजे खेल्न लागेको हो ।
मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ ।फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३औँ स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औँ स्थानमा छ । नेपाल १ सय ७१औँ स्थानमा छ ।
इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।
नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले जितेको थियो ।