

देशभर थप ८६३६ संक्रमित, ६४०४ जना डिस्चार्ज हुँदा १६९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ६९ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ९३६ पीसीआर र ६३० जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६३६ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ४०४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १७ हजार २६१ जना संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । जसमध्ये ४ लाख ४८ हजार ८८७ जना निको भएका छन् भने ६७ सय जनाको मृत्यु भएको छ ।