

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित

काठमाडाैं – उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक/एक गोल गरे । सिटीले उपाधि जित्ने क्रममा ३८ खेलमा ८६ अङ्क जोडेको छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३८ खेलबाट ७४ अङ्क छ । एभर्टन भने ५९ अङ्क जोडेर दशौं स्थानमा झरेको छ । जितपछि म्यानचेस्टर सिटीले उपाधिको ट्रफी समेत उचालेको छ ।