

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कोरोबार?

काठमाडौं -विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ३०० सय रपैयाँ रहेको । चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।