

एक किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कैलाली – प्रहरीले चरेश कारोबारको आरोपमा कैलालीको धनगढीका होटल सञ्चालक चक्रबहादुर रोकायालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका सञ्चालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।
बाजुराको बुढीनन्दा नगरपालिका–९ घर भएका चक्रबहादुरको होटलबाट एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिहीबार पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।