

‘लक्ष्मण रेखा’ ननाघ्न पश्चिमी मुलुकलाई रुसका राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकलाई आफूसँगको ‘लक्ष्मण रेखा’ ननाघ्न चेतावनी दिएका छन् । बेलारुसमा विद्रोह गर्ने षडयन्त्र भइरहेको उनको आरोप छ ।
राष्ट्रपति पुटिनले आफ्नो वार्षिक राष्ट्रिय सम्बोधनमा पश्चिमी मुलुकलाई त्यसबेला चेतावनी दिएका हुन् जतिबेला आफ्ना आलोचक विपक्षी नेता एलेक्सी नभाल्नीका विषयमा अमेरिकालगायत पश्चिमी देश र रुसबीच तनाव भइरहेको छ । एजेन्सी