जेनिफरले ताेडिन् इन्गेजमेन्ट, साथी भने रहने

काठमाडाैं – हलिउडकी चर्चित अभिनेत्री तथा गायिका जेनिफर लोपेजले आफ्नो प्रेमी तथा बेसबल खेलाडी एलेक्स रोड्रिग्युज सँगको इन्गेजमेन्ट तोडेकी छन्। केही समय अघिदेखि उनीहरूबीचअसमझदारी बढ्दै गएका कारण सम्बन्ध चिसिँदै गएको खबर सञ्चारमाध्यममा छाइरहेका थिए।

यसभन्दा अघि पनि उनीहरूको सम्बन्ध अन्त्य हुन लागेको खबर आए पनि उनीहरू दुवैले आफूहरूले एक-अर्कालाई समय दिइरहेको र सम्बन्ध राम्रो बनाइ राख्ने कोशिस गरिरहेको बताइरहेका थिए। अब भने उनीहरू दुवैले आधिकारिक रूपमा आफूहरू अलग हुन लागेको बताएका छन्।

‘हामीले महसुस गर्‍यौं कि हामी साथी मात्र ठीक छौं र साथी नै रहनेछौं। साथै हामीले संयुक्त रूपमा शुरु गरेका काम जारी राख्नेछौं र अन्य प्रोजेक्टमा पनि एक-अर्कालाई साथ दिइरहने छौं। हामी चाहन्छौं कि हाम्रा दुई बच्चा पनि खुसी रहून्। ज-जसले हामीलाई माया दिनुभयो धन्यवाद।’ उनीहरूले आफ्नो अभिव्यक्तिमा भनेका छन्।

दुई वर्षअघि इन्गेजमेन्ट गरेका उनीहरू जेनिफरको पूर्व पतितर्फका दुई जुम्ल्याहा छोरीहरू तथा एलेक्सको पूर्व पत्नीतर्फको एक छोरा र एक छोरीका साथ बस्दै आएका थिए। सन् २००५ मा पहिलो पटक भेटेका जेनिफर र ऐलेक्सले आफ्नो पुरानो चिनाजानीलाई प्रेममा बदलेका थिए।

उनीहरूले दुई वर्षको प्रेम जीवन पछि सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए। इन्गेजमेन्ट गरेकोे केही समयमै विवाह गर्ने योजनामा बनाएका उनीहरूको विवाह कोभिड–१९ का कारण विवाह स्थगित भएको थियो। यही बीच उनीहरूको सम्बन्धमा दरार आउन थालेपछि भने यो सम्बन्ध सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *