

एकैदिन उपत्यकामा ५४ संक्रमित थपिए

काठमाडौं । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर थप ५४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० गरी उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेका छन् ।
उनका अनुसार पाटन अस्पतालमा भक्तपुरका १० जना, ललितपुरका २० जना र काठमाडौंका २३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै टिचिङ अस्पताल प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै देशभर नयाँ १ सय ८० नयाँ संक्रमित थपिएको डा। गौतमले बताए । हालसम्म देशभर संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको बताए ।