

उपत्यकामा मास्कबिना घर बाहिर निस्कन प्रतिबन्ध

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो क्रममा कोरोना संक्रमित देखिएसँगै गृहमन्त्रालयले सर्वसाधारणको आवतजावतमा कडाई गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकार थप सुरक्षित बनाउनका लागि प्रहरीलाई निर्देशन दिएको हो ।
सोही क्रममा गृहमन्त्रालयले राजधानीमा घरबाट बाहिर निस्कने मानिसहरुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताएको छ ।
मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।