

नेप्सेमा ७ अर्बको कारोबार, निफ्राको सर्वाधिक

काठमाडौं – साताको चौथौ दिन नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २६७१ दशमलव ६१ अंकको विन्दुमा कायम भएको छ । आज बैंकिङ्, होटल टुरिजम, विकास बैंक, फाइनान्स, माईक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।
आज दिनभरिमा २ सय १५ वटा कम्पनीको १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार भएको छ।
आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ। आज निफ्राको २७ करोड ६३ लाख रुपैयाँको शेयर करोबार भएको छ । चिलिमे हाईड्रोपावरको २२ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
रैराङ हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले गुमाएक छन् भने युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् ।