

क्यानले पायो ‘आईसीसी डेभलपमेन्ट’ अवार्ड

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड पाएको छ ।
कोरोना भाईरसको महामारीमा पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई मूल्यांकन गर्दै नेपाललाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ दिइएको हो ।
नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले पनि यो अवार्ड प्राप्त पाएका छन् ।