

३२ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं – कारोबारको दोस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा ३२ अंकले बढेको छ ।
आज परिसुचक १.२६ प्रतिशत अर्थात ३२.१५ अंकले बढेर २५७५.६६ को बिन्दुमा पुगेको नेप्से २५४३.५१ को बिन्दुबाट कारोबार सुरु भएको थियो । यस्तै, सेन्सेटिभ परिसुचक ६.१९ अंकले बढेर ४५६.१० को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुह मध्ये व्यापार समुह २९.७ अंक र उत्पादक समुह ०.२२ अंकले ओरालो लागेका छन् भने बाँकी उपसमुह भने उकालो लागेका हुन् । अन्तिम समय सम्म कारोबारमा आएका २०९ कम्पनी मध्ये १२५ कम्पनीको शेयरमुल्य बढेको भने ३३ कम्पनीको शेयरमुल्य घटेको र २० कम्पनीको स्थिर रहेको हो ।
यसैगरी, कारोबारमा आएका उक्त कम्पनीले १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६८ हजार ६४५ पटक खरिद बिक्री हुदाँ ६ अर्ब १८ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।