

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

काठमाडाैं – कार्टुनिष्ट क्लब अफ नेपालले शनिवार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् ।
उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् ।