यी २७ प्रहरीलाई हेडक्वार्टरको चेतावनी, ७ दिनभित्र नआए जागिर चट्!

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *