जेनजी आन्दोलनपछि प्रहरीका २५ जना सम्पर्कबिहीन
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको असर नेपाल प्रहरीमा व्यापक परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार भदौ २४ को आन्दोलनपछि नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जना कर्मचारी सम्पर्कमा नआई कार्यालयमा अनुपस्थित भएका छन् ।
प्रधान कार्यालयले लामोसमयदेखि बिना जानकारी कार्यालयको सम्पर्कमा नरही गैर हाजिर रहेको भन्दै उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
यदि सम्पर्कमा नआएमा उनीहरुलाई सेवाबाटै हटाउने सम्मको चेतावनी प्रधान कार्यालयले दिएको छ ।
यसरी जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नआएकामा एकजना प्रहरी सहायक निरिक्षक (असई) सहितका २५ जना रहेका छन् ।
सम्पर्कमा नआउनेमा रामप्रसाद गौतम, राजकुमार राई, भरत कट्टेल, मुस्कान लिम्बु, गंगाबहादुर विष्ट, सुजन मगर, सनु कार्की, डिकल कार्की, राजु लामा, दिपेश मगर, दिपक वि.क., अञ्जान लिम्बु, सन्तोष राई, पुष्कल राई, शिवकुमार राई, निश्चल विश्वकर्मा, युवराजकुमार मण्डल, नविन कुमार कुशवाहा, पारस खत्री, सुदन रिजाल, निर्मला तिलिजा रहेका छन् ।
त्यस्तै रमेश क्षेत्री, खेकुमारी गैरे, विष्णु राज बुढाथोकी, र हिमान्सु विक्रम चन्द पनि जेनजी आन्दोलन पछि सम्पर्कबिहीन भएका छन् ।
