अवकाशको १२ घन्टा नबित्दै खापुङलाई संकट, उपत्यका छाड्न र विदेश जान प्रतिबन्ध !

काठमाडौं । अवकाश भएको १२ घन्टा नपुग्दै नेपाल प्रहरीको सर्वोच्च कमाण्डरका रुपमा काम गरेका निवर्तमान प्रहरी महानिरिक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई प्रतिबन्ध लगाइएको छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले खापुङलाई अनुमति बिना उपत्यका पनि छाड्न नमिल्ने र विदेश जानका लागि प्रतिबन्ध लगाएको हो ।

खापुङले बुधबार मध्यरातीदेखि अवकाश पाएका थिए । उनले यही भदौ १९ गतेदेखि नेपाल प्रहरीको कमाण्ड लिएका थिए ।

उनले कमाण्ड सम्हालेलगत्तै भएको जेनजी आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्ने आरोप लाग्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *