भोली र पर्सी पहाडी भू-भागमा पानी पर्ने
काठमाडौं । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले भोलि (मंगलबार) र कात्तिक १९ गते बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
विभागले अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातीको समयमा भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
