जेनजी आन्दोलनः बाैद्ध भाटभटेनीमा जलेको अवस्थामा ६ शव भेटियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार कुनै पनि शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ।

भदौ २३ गते भएको जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

अहिलेसम्म सर्वसाधरण र प्रहरी गरेर ७३ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *