नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी उनलाई पदभार हस्तान्तरण गरिएको हो। यस अवसरमा मुख्यसचिव एकनारायण अर्याल र सचिवहरूले उनलाई स्वागत गरे।

पदभार ग्रहण गर्नुअघि कार्कीले माल्यार्पण गरी शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

सुशीला कार्कीले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो जिम्मेवारी सम्हालेकी छन्। जेनजी आन्दोलनको प्रभावमा उनले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्ति पाएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *