यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का २४ निर्णय (निर्णयहरूसहित)

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

सरकारले राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ ।

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *