चक्रे मिलनलाई धराैटीमा छाड्न अदालतको आदेश
भक्तपुर । चक्रे मिलनको नामले परिचित मिलन गुरुङलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश जारी गरेको हो।
भक्तपुर प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार आवश्यक प्रक्रिया र स्वास्थ्य परीक्षणपछि उनलाई रिहा गरिनेछ।
यसअघि, चक्रे मिलन बुधबार काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा ३० हजार धरौटी तिरेर छुटेका थिए।
१५ साउनमा महाराजगञ्जस्थित होटल साम्बालामा मध्यराति बर्थ डे मनाउँदै गर्दा प्रहरीले चक्रेलगायत ४७ जनालाई समातेको थियो। त्यसमध्ये २८ जनालाई पछि छाडिएको थियो।
