त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अर्याललाई नियुक्त गरेको उनका  प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए।

उनले भने,‘प्रधानमन्त्रीज्यूले आज उहाँलाई त्रिवि उपकुलपतिमा नियुक्ति गर्नुभएको छ।’ उनका अनुसार नवनियुक्त उपकुलपति अर्यालको आज वा भोलि नै सपथ लिएर पदभार ग्रहण गर्ने छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त संयोजकत्वको सिफारिस समितिले उपकुलपतिका लागि निमित्त उपकुलपति खड्ग केसी, प्राध्यापक दीपक अर्याल र प्राध्यापक विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

उपकुलपति प्राडा केशरजंग बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामापत्र बुझाएका थिए। त्यसयता त्रिवि उपकुलपतिविहीन बनेको थियो। नवनियुक्त उपकुलपति अर्याल जलवायु विज्ञानका प्राध्यापक तथा उक्त विभागका पूर्व प्रमुखसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *