नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही छन्त्याल र बोहोरा सम्मानित



काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरीका दुईजनालाई सम्मानित गरेको छ ।

संघले शुक्रबार सशस्त्र प्रहरी कार्यालय हल्चोकमा आयोजित विशेष समारोहबीच सगरमाथाको शिखर पुगेका सशस्त्र प्रहरी नायब निरिक्षक (सई) दन्तबहादुर छन्त्याल र सशस्त्र प्रहरीबाट अवकाश लिएका प्रहरी हवल्दार अक्कलबहादुर बोहोरालाई सम्मानित गरेको हो । जेठ ९ गते सगरमाथा आरोहण गरेका उनीहरुलाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका सल्लाहकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ तथा संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले उनीहरुलाई पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरालाई नगद पुरस्कार सहित सम्मान गरेका हुन् ।

दुर्गम जिल्ला हुम्ला र मुगुमा जन्मेर सँगै भर्ना भएका र सँगसँगै तालिम गरेका दुइजनाले सफल आरोहण गरेका हुन् ।

May be an image of 8 people

अक्कल बोहरा म्याराथन धावक भइ धेरै पदकहरु पनि जित्न सफल भएका थिए । हाल स्पेनमा ब्यवसाय गर्ने बोहराले जन्मस्थल मुगुमा बाटो,स्कुल, धर्मशाला, पाठ्यपुस्तक लगायतका पक्षमा पाँच करोड बराबरको रकम ब्यवस्थापन गरि सहयोग समेत जुटाएर कार्य गरिरहेका छन् ।

उक्त अवसरमा आरोही बोहोराले सशस्त्र प्रहरी पूर्व स‌ंघले अगाडि बढाउन लागेको घातक रोग उपचार तथा राहत कोषको लागि रु १ लाख २ हजार २ सय प्रदान गर्ने घोषणा समेत गरेका थिए ।