सगरमाथा चढेका सशस्त्रका छत्याललाई दर्ज्यानी चिह्न



काठमाडौं । सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई एक तह बढुवा गरी दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गर्दै आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्जा प्रदान गरे।

यही जेठ ४ गते  बिहान ९:२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए।