

सगरमाथा चढेकी असई कुन्जाङको विशेष बढुवा

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ ।
सोमबार गरेकी शेर्पालाई प्रहरी महानिरिक्षक दीपक थापाले विशेष बढुवा प्रहरी नायब निरिक्षक (सई)मा बढुवा गर्ने निर्णय गरेका छन् ।
शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।